काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप १ हजार ३८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । यो संगै नेपालमा संक्रमित हुनेहरुको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ८३६ जना पुरुष रहेको र ५४६ जना महिला रहेका छन् ।
थप २३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको छ ।





















