काठमाण्डौं – विश्वकै सर्बोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको नेपाल सरकारले घोषणा गरेको छ ।
नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ ।
नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको उचाइ पत्ता लगाएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् ।
यसअघि सन् १९५४ मा भारतको डिपार्टमेन्ट अफ सर्बेले लिएको सगरमाथाको उचाइ ८८४८ मिटर लाई नेपालले मान्यता दिदै आएको थियो ।




















