उदयपुर – उदयपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलका नगरपालिका ९ बस्ने ६३ वर्षीय सूर्य पोखरेल रहेका छन् ।
पाखरेलले ती बालिकालाई सिटी हलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


