काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको आजको सर्वदलिय बैठक बालुवाटारमा केही बरेमा बस्दै छ ।
देशभर गणतन्त्र बिरोधी प्रदर्शन चर्कदै गएपछि प्रधानमन्त्री केपी ओलीले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
राजसंस्थाको पक्षमा प्रदर्शन चर्कदै गएपछि साझा धारणा बनाउन प्रधानमन्त्री ओलीले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
बैठक अहिले ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका पार्टीका नेताहरुलाई बोलाइएको छ ।
वर्तमान व्यवस्थाले देशको अर्थतन्त्र र अखण्डता दुवैलाई कमजोर बनाएको भन्दै प्रदर्शनकारीले गणतान्त्रिक व्यवस्था खारेज गर्न समेत माग गरेपछि प्रधानमन्त्री ओलीले सबै दलको राय लिन लागेका हुन् ।
सत्तारुढ नेकपाभित्र विवाद चुलिएको समयमा प्रधानमन्त्री ओलीले आब्हान गर्ने बैठकमा कोरोना संक्रमण नियन्त्रणको प्रयास लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
यसअघि पनि नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा उनले सर्वदलीय बैठक बोलाएका थिए ।


