काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १ हजार १४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा आज (सोमबार) थप १ हजार १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ६४४ जना पुरुष र ३७० जना महिलामा रहेका छन् ।
थप २० जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा थप २० जनाको मृत्यु भएको छ । यो संगै संक्रमणवाट आज सम्म १ हजार ६१४ जनाको मृत्यु भएको छ ।




















