काठमाण्डौ – देशभर गणतन्त्रको बिरोधमा प्रदर्शन चर्कदै गएपछि प्रधानमन्त्री केपी ओलीले सर्वदलिय बैठक आब्हान गरेका छन ।
राजावादीहरुको प्रदर्शन चर्कदै गएपछि साझा धारणा बनाउन ओलीले भोली (मंगलबार)का लागि सर्वदलीय बैठक आब्हान गरेका हुन ।
बैठक मंगलबार बिहान ११ः०० बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका पार्टीका नेताहरुलाई बोलाईएको छ ।
वर्तमान व्यवस्थाले देशको अर्थतन्त्र र अखण्डता दुवैलाई कमजोर बनाएको भन्दै प्रदर्शनकारीले गणतान्त्रिक व्यवस्था खारेज गर्न समेत माग उठेपछि प्रधानमन्त्री ओलीले सबै दलको राय लिने उद्वेश्यका साथ बैठक बोलाएका हुन् ।
सत्तारुढ नेकपाभित्र विवाद चुलिएको समयमा प्रधानमन्त्री ओलीले आब्हान गर्ने बैठकमा कोरोना संक्रमण नियन्त्रणको प्रयास लगायतका विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।




















