एजेन्सी – अमेरिकाको २ राज्यमा आजवाट लकडाउन लागू भएको छ ।
क्यालिफोर्नियामामा ३ हप्ता र सन्फ्रान्सिस्कोमा २ साताका लागि लकडाउन लागू गरिएको हो ।
कोरोना संक्रमितहरुको संख्या बढदै गएपछि क्यालिफोर्निया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो । क्यालिफोर्नियाका गभर्नर न्युजमले लकडाउनको अवधिभर ब्यापार ब्यबसायहरु बन्द हुने जानकारी दिएका छन ।
उनले लकडाउनको नियम पालना गर्न सबैमा अपील पनि गरेका छन । मार्चमा गरिएको लकडाउन खुकुलो हुने बितिकै क्यालिफोर्नियामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो ।
सन्फ्रान्सिस्कोमा पनि २ साताका लागि लकडाउन घोषणा गरिएको छ । अमेरिकामा केही दिनयता संक्रमण तिब्र गतीमा फैलिएको छ । दैनिक २ हजार भन्दा बढीको कोरोनाका कारण मृत्यु भैरहेको छ ।


