काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप १ हजार ९६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । यो संगै नेपालमा संक्रमित हुनेहरुको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ६८८ जना पुरुष रहेको र ४०८ जना महिला रहेका छन् ।
थप १७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ ।




















