काठमाण्डौं – पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीय बासिन्दालगायत सरोकारवालाका सुझाव लिएर अन्तिम रुप दिन प्राविधिक समिति गठन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अर्थविद् डा.चन्द्रमणि अधिकारीको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समिति गठन गरेको हो । प्राविधिक समितिमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम सहसंयोजक रहेका छन् ।
त्यस्तै, समितिका सदस्यमा वरिष्ठ संरचनाविद् प्रा।डा। प्रेमनाथ मास्के, वरिष्ठ वास्तुकलाविद् प्रा.डा.सुदर्शनराज तिवारी, वरिष्ठ पुरातत्वविद् भीमप्रसाद नेपाल, सांस्कृतिक सम्पदा संरक्षणविद् काइवाइजे रहेका छन् । समितिको सदस्यसचिव भने कोषका सदस्यसचिव डा.प्रदीप ढकाललाई तोकिएको मन्त्रालयले जनाएको छ ।
समितिको पहिलो बैठक बसी कार्यादेशअनुसार काम शुरु गरिएको कोषका सदस्यसचिव डा। ढकालले बताए । सरोकार भएका निकाय र स्थानीयवासीसँग समेत अन्तरक्रिया गरी गुरुयोजनालाई अन्तिम रूप दिइने उनको भनाइ छ ।
यसअघि गुरुयोजनाका नाममा पशुपति क्षेत्रको प्राचीन बस्ती उठाउन खोजिएको भन्दै स्थानीय बासिन्दा संयुक्त सङ्घर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका थिए ।
रासस


