काठमाण्डौँ – आज भएको नेकपा सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुवै पद नछोड्ने अडान दोहोर्याएका छन् ।
शनिबार बसेको सचिवालय बैठकमा पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि सहभागी नेताहरुले दुवै प्रतिवेदन तल्लो कमिटिमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताए ।
नेताहरुले यस्तो धारणा राखेपछि अध्यक्ष ओलीले जहाँ गएपनि आफू दुवै पद नछोड्ने अडान दोहोर्याएका हुन् । ‘‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छोड्दिन अध्यक्ष पनि छोड्दिन’ ओलीले बैठक भने । सोही बैठकमा उनले सचिवालय बैठकको समेत केही महत्व नभएको भन्दै ‘यसले केही काम पनि गर्न सक्दैन’ ओली भने ।
नेताहरुले बैठकमा ओलीलाई सहमतिबाट अघि बढ्ने भए अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्न गरेको आग्रहमा ओलीले यस्तो बताएका हुन् ।
साँकेतिक तस्बिर


