काठमाण्डौं –नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा सनिबार थप १ हजार २४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ६२२ जना पुरुष र ४०२ जना महिला रहेका छन् ।
थप १० जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा थप १० जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ ।
६


