काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १ हजार २७२ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा थप १ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ।
थप १६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ पुगेको छ ।


