काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १ हजार ३४३ जना संक्रमण पुष्टी भएको छ ।
देशभर विभिन्न प्रयोगशालामा ९ हजार २८९ जनाको स्वाब परिक्षण गर्दा आज (बिहिबार) थप १ जहार ३४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
यो सहित नेपालमा संक्रमित हुनेहरुको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । आज संक्रमण देखिएका मध्ये ८०९ जना पुरुष र ५३४ जना महिला रहेका छन् ।
थप १३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ ।



