तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् ।
नेता पौडेलले कांग्रेसका कार्यकर्ताको बाक्लो उपस्थितिमा पुल उद्घाटन गरेका हुन् ।
पुल उदघाट्न आयोजित सभामा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेलसहित केन्द्रीय सदस्यहरू उपस्थित थिए । बुधबार पुल उद्घाटन गर्न गएका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिए पछि दशैभर चर्को बिरोध भएको थियो ।
हिजै तालघरे र दुम्सी जोड्ने पुलको नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर पुल उद्घाटन पौडेलबाट हुन नदिन नेकपा नेतृत्वले आवरोध गरे पछि तनाव सृजना हुने देखेपछि स्थानीय प्रशासनले पुल क्षेत्र आसपासमा निषेधाज्ञा जारी गरेको थियो ।
कार्यक्रममा नेताहरुले पुल उद्घाटन रोकेको भन्दै सरकार र स्थानीय प्रशासनको आलोचना गरेका छन् ।


