काठमाण्डौं – नेपाली बजारमा आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँँदी व्यवसायी महासंघले बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको छापावला सुनको भाउ आज (बिहीबार)का लागि ९२ हजार ६०० रुपैयाँ तोकिएको जनाएको हो ।
यस्तै तेजाबी सुनको बिहीबारको कारोबार मूल्य ९२ हजार १५० रुपैयाँ पुगेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बृद्धि भएको छ ।



