काठमाण्डौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको बिरोध गर्दै डा.बावुराम भट्टराईले बिरोध जनाएका छन् ।
आज (बुधबार) ट्विट गर्दै डा.भट्टराईले लेखेका छन् ‘राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार ? ओली सरकारको के हो चाला ? रामचन्द्र पौडेलकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक ? दालमा कालो देखियो है’ ।
नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न जादा प्रहरीले नियन्त्रणमा लिएको हो ।





















