काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १ हजार ४९० जनामा संक्रमण पुष्टी भएको छ ।
देशभरको विभिन्न प्रयोगशालामा ८ हजार ३०० स्वाब परिक्षण गर्दा थप १ हजार ४९० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ९२५ जना पुरुष र ५६५ जना महिला रहेका छन् ।
थप ९ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ ।



