काठमाण्डौं – ३ जना नेपालीलाई गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याएर बन्धक बनाएर राखेको अभियोगमा ताप्लेजुङका १ जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ताप्लेजुङ, गेंरिडदेन गाउँपालिका ४ घर भएका ४३ वर्षीय गणेशकुमार लोंवालाई राजधानीको महाराजगञ्जबाट पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारेर ३ जनालाई गैरकानूनी तवरीकाले भारतबाट खाडी मुलुक हुँदै दक्षिण अफ्रिका पुर्याएको खुलेको ब्यूरोले जानकारी दिएको छ ।
शारीरिक, मानसिक र आर्थिक शोषणमा परेका उनीहरु कोही नभएको मौका पारी भागेर नेपाली राजदूतावासमा पुगेका थिए । दूतावासको समन्वयमा उनीहरु नेपाल फिर्ता भएपछि पीडितले ब्यूरोमा जाहेरी दिएका थिए ।




















