काठमाण्डौँ — नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक प्रभावित भएको छ । अध्यक्ष ओली नआए पछि बैठक स्थगन भएको छ ।
आज (बुधबार) दिउँसो १ः०० बजेका लागी बोलाइएको बैठक १ घण्टा ढिला गरी २ः०० बजे बस्ने भनिएपनि अध्यक्ष ओली अनुपस्थित भएपछि अन्य सचिवालय सदस्यहरु केही बेर अनौपचारिक बैठकमा बसे फर्किएका छन् ।
सचिवालयको बैठकमा अध्यक्ष अनुपस्थित भएकारण आजको बैठक स्थगन गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री ओलीको समेत उपस्थितिमा बैठक बस्नु आवश्यक, उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ आगामी बैठकमा अनिवार्य उपस्थितिको अपेक्षासहित अनुरोध गर्ने निर्णय भएको समेत प्रबत्ता श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक मंसिर १८ र २० का लागि बोलाइएको स्थायी कमिटी बैठक मंसिर २१ सम्मका लागि सारिएको छ ।


