काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आज २ः०० बजेका लागि निर्धारण गरिएको छ ।
दिउसो १ः०० हुने भनिएको बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भए पछि अन्यौल छाएको थियो । प्रधानमन्त्री ओली पनि बैठकमा सहभागी हुने भए पछि बैठक १ घण्टा पर सारीएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
आज राखिएको सचिवालय बैठकका बारेमा प्रधानमन्त्री ओलीले हिजै (मंगलवार) अनिच्छा व्यक्त गरे थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले बहुमतका आधारमा अगाडि बढ्न खोजेपछि ओलीले असन्तुष्टी जाहेर गर्दै आएका छन् ।


