फिदिम – पाँचथरको सदरमुकाम फिदिमस्थित सडक विभाग छेउमा पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् ।
पाँचथरका प्रहरीका अनुसार दुर्घटनामा परी फिदिम नगरपालिका १ का २० वर्षीय अर्जुन शंकरको मृत्यु भएको छ ।
झापा बिर्तामोडका अर्जुन मगर र चालक धरानका पार्वत गुरूङ गम्भीर घाइते भएका छन् ।
फिदिमदेखि जोरसालतर्फ जाँदै गरेको बा. १९ च ५७३६ नम्बरको पिकअप हिजो (मंगलबार) राति ८ः०० बजे दुर्घटना भएको थियो । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ ।


