काठमाण्डौं – रमेश प्रसाई र नन्दा सिंह विवाह वन्धनमा बाँधिने भएका छन् ।
कालीकोटकी नन्दा सिंहसँग प्रसाईले लगनगाँठो कस्ने भएका हुन् ।
उनीहरुको ३ बर्ष लामो प्रेम आगामी २२ गते सोमबारका दिन बिबाह बन्धनमा परिणत हुन लागेको हो । उनीहरु दुवै दृष्टिविहिन हुन् ।
अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।
नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।




















