काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १ हजार ३०४ जना संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा संकलित स्वाब मध्ये ८ हजार ५८३ जनाको परिक्षण गर्दा थप १ हजार ३०४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ८०३ जना पुरुष र ५०१ जना महिला रहेका छन् ।
थप २१ जनाको मृत्यु
कोरोनाबाट पछिल्लो २४ घण्टामा नेपालमा थप २१ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ।



