काठमाण्डौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीबाट प्रधानमन्त्री निवास बालुवाटार सारिएको छ ।
यसअघि मंसिर १३ गते बसेको सचिवालय बैठकले आजका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालयमा बस्ने निर्णय गरेको भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री निवासमा सारिएको हो ।
बैठक दिउँसो १ बजे निर्धारित समयमा नै नै बस्ने छ। बैठक सार्नुको कारण भने सार्वजनिक गरिएको छैन ।
बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावमाथि लिखित जवाफ दिने तयारी छ ।


