काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज धुम्बाराहीमा बस्दै छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुँदै हुने भएको छ।
कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह प्रतिवेदनलाई केन्द्रीय कमिटीसम्मै लानुपर्ने अडानमा छन् भने ओली सचिवालयमै सहमति गर्नुपर्ने अडानमा छन् । मंसिर १३ गते ओलीले प्रचण्डलाई दिएको जवाफबाट प्रचण्ड आक्रोशित भएको र आजको बैठकमा ओलीको प्रतिवेदनमाथि प्रचण्डले टिप्पणी गर्ने उनी निकट नेताले बताएका छन् ।
१३ गते प्रचण्डले जवाफ आउनु सकारात्मक भएको भएपनि ओलीले अहंकार नत्यागेको भन्दै आलोचना गरेका थिए ।




















