काठमाण्डौं – आफ्नो श्रीमतीसँग रक्सी खाएको भन्दै राजधानीको बुढानीलकण्ठमा एक जना व्यक्तिमाथि खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहारबाट सिन्धुपाल्चोकको चौतारा ४ घर भइ बुढानिलकण्ठ नगरपालिका ५ बस्दै आएका ३५ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका छन् । उनको बाँसबारी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।
तामाङलाई खुकुरी प्रहार गर्ने बुढानीलकण्ठ ३ नयाँ चोकका ४८ वर्षीय विष्णु तिवारीलाई महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले आइतबार दिउँसो पक्राउ गरेको छ ।
घटना भएका दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए । दुवै जना मजदुर हुन् ।


