काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १४७४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरको विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९११ स्वाब मध्ये आज (आइतबार) थप १४७४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ८७२ जना पुरुष रहेका छन् भने ६०२ जना महिला रहेका छन् ।
थप २९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सहति संक्रमणबाट मृत्युहुनेको संख्या १५०८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।



