एजेन्सी – दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत खटिएको नेपाली सेनाले त्यहाँ भड्किएको हिंसा नियन्त्रणमा लिएको छ ।
हिंसा नियन्त्रणमा लिएपछि स्थानीय बासिन्दालाई सम्भावित ठूलो जातीय हिंसाबाट नेपाली सेनाले जोगाएको भन्दै संयुत्त राष्ट्र संघले प्रशंसा समेत गरेको छ।
दक्षिण सुडानको कुइबेट इलाकामा तैनाथ कालिध्वज गणअन्तर्गतको अस्थायी वेसबाट मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकले त्यहाँका स्थानीय बासिन्दाहरुलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएको हो ।


