काठमाण्डौँ – सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाला सुनको मुल्य प्रति तोला ७०० ले घटेर ९० हजारमा कारोबार भइरहेको छ ।
यसअघि हिजो (आइतबार) छापावाला सुन तोलाको ९० हजार ७०० मा कारोबार भएको थियो ।
त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ५५० कायम भएको छ ।
आजै चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १२० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।


