नुवाकोट – नुवाकोटको तारकेश्वर गाउँपालिका(६ मा मोटरसाइकल दुर्घटना हुँदा नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ ।
गएराति तारेकश्वर गाउँपालिका(१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोला भन्ने ठाउँमा भिरबाट बा२७ प ८६५८ मोटरसाइकल खस्दा तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धादिङका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी अढाई किलोमिटर तल खसेका थिए ।
दुर्घटनापश्चात् मोटरसाइकल सडक छेउमै अड्किएको भए पनि तामाङ भने भिरबाट खसेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ज्यान गुमाएका तामाङ विसं २०७४ वैशाखमा भएको स्थानीतयहको निर्वाचनमा तारकेश्वर गाउँपालिका–६ मा साविक नेकपा एमालेबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए ।
पार्टी एकतापश्चात् उनी नेकपाको स्थानीय नेताको रूपमा राजनीतिमा सक्रिय थिए ।
रासस


