काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप १२५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।
थप २५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४७९ पुगेको छ ।


