नुवाकोट – बागलुङबाट काठमाण्डौं लागी उडेको कैलाश एयरको हेलिकप्टर चरासँग ठोक्किएको छ ।
चरासँग ठोक्किएपछि चालकले हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको हो । हेलिकप्टरमा सवार ६ जना सबै सकुशल रहेका छन् भने एक जनाको घुँडामा सामान्य चोट लागेको छ ।
हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । यात्रुहरूलाई कैलाश एयरकै अर्को हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ ।


