विराटनगर – मोरङ र झापामाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
शनिवार राती ९ः१५ बजे मोरङको सुन्दरहरैचा नगरपालिका ८ सलकपुरमा को. २ त ३१९६ नम्बरको ट्याक्टरले को. ३८ प १६६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाईते भएका स्कुटर चालक सुन्दरहरैचा नगरपालिका ५ का ४२ बर्षीय मकेश्वर चौधरीको उपचारको क्रममा राती १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
त्यस्तैगरी मोरङकै उर्लावारी नगरपालिका ८ मा मे. ४ प ९२८५ नम्बरको मोटरसाईकल शनिवार राती ८ बजे अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ३० बर्षीय उपेन्द्र दनुवार र सोही मोटरसाईकल पछाडी सवार रहेका तेह्रथुम म्याङलुङ ९ का ४५ बर्षीय श्याम तामाङको अरनिको अस्पतालमा उपचार भईरहेकोमा उपचारको क्रममा श्याम तामाङको राती ८ः१५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
उता झापाको अर्जुनधारा नगरपालिकामा को. १ क १५८७ नम्बरको जेसीबीले प्रदेश १–०१–०१२–प ७१५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसालक चालक अर्जुनधारा नगरपालिका ५ का ३२ बर्षीय दिपक कुमार बुढाथोकीको उपचारको क्रममा राती ७ः३० बजे बिर्तामोडको बि एण्ड सी अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


