काठमाण्डौं – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।
पछिल्लो समय घट्दो क्रममा रहेको सुनको मूल्य आइतबार तोलामा ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ३०० रुपैयाँ रहेकोमा आईतबार प्रति तोला ६०० रुपैयाँ घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै गरी तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।



