काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १३८० जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर संकलित स्वाब मध्ये ९ हजार ३६८ स्वाब परिक्षणका क्रममा थप १३८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।
थप १९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ ।



