काठमाण्डौं – काठमाण्डौं महानगरपालिका वडा नं. ३१ का नेपाली कांग्रेस इकाइ सभापति उज्ज्वल कोइरालाको निधन भएको छ ।
२०५४ सालमा वडा नं. ३१ को वडा सदस्यमा निर्वाचित कोइराला गत स्थानीय तहको निर्वाचनमा पनि वडा सदस्यको प्रत्यासी थिए ।
काठमाण्डौं क्षेत्र नं. १ का सांसद एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोइरालाको निधनले अत्यन्त पीडा भएको बताएका छन् ।
पार्टीले र वडाबासीले एक कर्मठ व्यक्ति गुमाउनु परेको उल्लेख गर्दै नेता सिंहले कोइरालाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका छन् ।


