काठमाण्डौं – चीनका वैज्ञानिकले कोरोना भाइरस आफ्नो देशमा नभई भारतमा उत्पत्ति भएको दाबी गरेका छन् ।
विश्वमा सबैभन्दा पहिले चीनको बुहानमा कोरोना संक्रमण देखिएको भन्ने कुरालाई अस्वीकार गर्दै उनीहरूले भारतमा भाइरस उत्पन्न भई विश्वमा फैलिएको दाबी गरेका हुन् ।
बेलायती पत्रिका डेली मेलका अनुसार चिनियाँ एकेडेमी अफ साइन्सेजका वैज्ञानिकको टोलीले सन् २०१९ को गर्मी याममा कोरोना भाइरस भारतमा उत्पत्ति भएको दाबी गरेको हो ।
चीनीया बैज्ञानिकहरुले फोहोर पानीबाट मानिसमा सरेको कोरोना भाइरस भारतबाट चीनको बुहान सम्म पुगेको उनीहरूको दाबी छ । बुहान पुगेपछि यो कोरोना भनेर चिनिएको वैज्ञानिकको दावी छ।
तर अन्य देशका वैज्ञानिकले यो दाबीलाई गलत भनेका छन् । बेलायतको ग्लास्गो विश्वविद्यालयका विशेषज्ञ डेभिड रबर्ट्सनले चीनका वैज्ञानिकको दाबी गलत भएको बताएका हुन् ।
विश्व स्वास्थ्य संगठनले विश्वमा पहिले कोरोना कहाँबाट उत्पति भयो भनेर अनुसन्धान गरिरहेको छ ।


