कञ्चनपुर – कञ्चनपुरमा सेफ्टी ट्यांकीमा खसेर २ जनाको मृत्यु भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा सेफ्टी ट्यांकी सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका १८ बस्ने ४० वर्षीय घुमन डगौरा र बेलौरी घर भइ भीमदत्त नगरपालिका ४ बस्ने ३५ वर्षीय गणेश राना रहेका छन् । उनीहरू दुवै जनाको शव परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको छ ।


