गुल्मी – गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् ।
दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु. १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको गुल्मी प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको हो ।
त्यस्तै गरी दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वति दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् ।
चालक बुद्ध बस्नेत भने सकुशल छन् । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल ल्याईएको छ ।


