काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १६१४ जनामा कोरोना पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा आज थप १६१४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० जना पुगेको छ ।
थप २३ को ज्यान गयो
त्यस्तै कोरोनाका कारण आज थप २३ जनाको ज्यान गएको छ । यो सहित नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४१२ जनाले ज्यान गुमाएका छन् ।




















