आँबुखरेनी, तनहुँ – जिल्लाको आँबुखैरेनीको खहरे क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुदा ११ जना घाईते भएका छन् ।
आँबुखैरेनी गाउँपालिका ३ को खहरे भन्ने स्थानमा मुग्लिन तर्फ जाँदै गरेको लु. २ ख ८८३ नम्बरको बस दुर्घटना हुदा ११ जना यात्रु घाइते भएको हो ।
आँबुखैरेनी प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि चितवन पठाइएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार पछि घर फर्काइएको छ ।
दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


