काठमाण्डौँ – प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी बरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि उपरीक कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवरलाई मोबाइल नम्बर ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने प्रहरी मुख्यालयले जनाएको छ ।


