काठमाण्डौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ट्वीट गर्दै प्रधानमन्त्री केपी ओलीले पदत्याग गर्नु उपयुक्त हुने बताएका छन् ।
उनले आज ट्वीट गर्दै उनले प्रधानमन्त्री ओलीले आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचार सम्बन्धी संगीन आरोपलाई ध्यान दिँदै पदत्याग गर्नुपर्ने बताएका हुन् ।
नेता भट्टराईले प्रधानमन्त्री ओलीलाई पदत्याग गरेर प्रायश्चित गर्न सुझाव समेत दिएका छन । संरचनात्मक सुधार नगरी भ्रष्टाचार नरोकिने समेत नेता भट्टराईको जिकिर गरेको छ ।
उनले शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनलोकपाल र आर्थिक विकास ध्यान दिनुपर्ने बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलको एसियाको प्रतिवेदनमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारका आरोपीलाई रक्षा गरेको विवरण सार्वजनिक भएपछि नेता भट्टराईको पछिल्लो भनाइ आएको हो ।



