काठमाण्डौं – भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङला नेपालको २ दिने औपचारिक भ्रमणका लागि काठमाण्डौँ आएका छन् ।
सरकारी र कूटनीतिक तहमा रहँदै आएको झन्डै लामो संवादहीनता लाई चिर्न उनी नेपाल आएका हुन् ।
विदेश सचिवको भ्रमण विगतका उच्चस्तरीय भ्रमणकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको पहिलो दिन द्विपक्षीय वार्ता हुनुका साथै सहयोगका बारेमा छलफल हुनेछ ।
भ्रमण दुई पक्षीय सम्बन्ध सुदृढिकरणका लागि सहयोगी हुने विमानस्थलमा भारतीय विदेशसचिव श्रृङलाले बताए ।
सचिवस्तरीय भेटघाटमा यो पटक नेपालको नयाँ राजनीतिक नक्साको सीमांकन र सुस्ता भूभागसहितको विवादित क्षेत्रबारे कुरा उठाउने नेपाली पक्षको तयारी छ । विदेश सचिवले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेट गर्नेछन् ।
शृंङलाले प्रमुख प्रतिपक्षी दल कांग्रेस, अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेतासँग पनि शिष्टाचार वार्ता हुने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा उनले नेपाललाई कोरोना भाइरससँग जुध्न आवश्यक वस्तुहरु नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम समेत राखिएको छ ।
शृङलाले शुक्रबार कूटनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारहरू माझ भारतको छिमेक नीति, नेपाल–भारत सम्बन्धलगायतका विषयमा सम्बोधन गर्ने कार्यक्रम पनि छ । श्रृङगलाको यो पहिलो नेपाल भ्रमण हो ।




















