एजेन्सी – फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।
म्यारोडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो । अर्जेन्टिनाको स्थानीय मिडियाले म्यारोडोनाको निधन भएको जनाएको छ ।
हृदयघातका कारण उनको घरमै निधन भएको बताइएको हो । २ साता अघि मात्र म्याराडोना अस्पतालबाट डिस्चार्ज भएका थिए ।
उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो ।
म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्याराडोना अर्जेन्टिनाका महान खेलाडी मानिन्छन् ।



