मुग्लीन – आज बिहान त्रिशूली नदीमा जीप खस्दा आमाछोरी सहित ३ जना बेपत्ता भएका छन् ।
प्यूठानबाट काठमाण्डौं तर्फ जादै गरेको लु. १ च ९७३१ नम्बरको जीप आज (बिहीबार) बिहान चितवनको इच्छाकामना गाँउपालिका ५ बाट त्रिशूली नदीमा खसेको हो ।
जीपमा ४ जना रहेकोमा चालक सूर्य केसी, यात्रु प्युठान जिल्ला झिमरुक गाउँपालिका ५ खहरेकी जमुना रोका र उनकी ११ वर्षीया छोरी जेनिसा रोक्का नदीमा बेपत्ता भएको हो । सोही जीपमा सवार जमुनाका श्रीमान मुकुन्दराज रोकाको भने उद्दार गरिएको मुग्लीन प्रहरीले जनाएको छ ।
उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।
छोरीको उपचारका लागि रोका दम्पत्ती काठमाडौं आउदै गर्दा दुर्घटनामा परेका हुन् । बेपताको खोजीमा शसत्र प्रहरीका गोताखोरसहितको सुरक्षाकर्मी टोली परिचालन गरिएको छ । बेपत्ता जीप पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।


