काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १९४८ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न क्षेत्रबाट संकलित स्वाब मध्ये ९ हजार २१० स्वाब परिक्षण गर्दा १९४८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ११७४ जना पुरुष छन् भने ७७४ जना महिला रहेका छन् ।
थप २८ को ज्यान गयो
पछिल्लो २४ घण्टामा देशभर संक्रमणका कारण २८ जनाको ज्यान गएको छ । यो सहित नेपालमा संक्रमणका कारण ज्यान गुमाउने को संख्या १३८९ जना पुगेको छ ।



