काठमाण्डौं – महोत्तरीको बर्दिबासमा मंगलबार प्रहरीको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेको आज ज्यान गएको छ ।
बर्दिबास नगरापालिका १ घर भएका ४२ वर्षीय न्यौपानेको उपचारका क्रममा ग्राण्डी अस्पतालमा ज्यान गएको हो ।
न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । न्यौपानेलाई मंगलबार उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं ल्याइएको थियो ।
६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउदा न्यौपाने सहित अर्का १ जनालाई पनि गोली लागेको थियो ।


