एजेन्सी – भारतस्थित बंगालको खाडीमा निवार नामको शक्तिशाली आँधीको विकास भएको छ । आँधीका कारण पछिल्लो २४ घण्टायता चेन्नईमा भीषण वर्षा भइरहेको भारतीय सञ्चार माध्यामहरुले जनाएको छ ।
भारतको मौसम विभागले आँधीले खतरनाक रूप लिन सक्ने चेतावनी दिएको छ । आँधी आज (बुधबार) साँझ तमिलनाडु र पुडुचेरीको तटमा ठोक्किने अनुमान गरिएको छ ।
आँधीको गति प्रतिघण्टा १०० देखि १५० किलोमिटर प्रति घण्टाको रफ्तारमा आउन सक्ने हुने अनुमान छ ।
आँधीले पुर्याउन सक्ने क्षति न्यूनीकरण तथा उद्धारका लागि तमिलनाडु र आन्ध्र प्रदेशमा १ हजार २०० उद्धार टोली तैनाथ गरिएको छ । आँधीकै त्रासका कारण उत्त क्षेत्रको सबै रेल सेवा पनि बन्द गरिएको छ ।


