काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १७९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा आज (मंगलबार) थप १७९० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ ।
थप २४ को ज्यान गयो
पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणका कारण थप २४ जनाको ज्यान गएको छ । यो सहित नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३६१ पुगेको छ ।





















